बुटवल,असाेज २५ ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा प्रजापाल गिरीले उम्मेदवारी घोषणा गर्नुभएको छ । यहि असोज २७ गते हुन लागेको पार्टीको उपचुनावमा संस्थापन समुहबाट बिहिबार बुटवलमा उम्मेद्ववार घोषणा सभाको आयोजना गरी क्षेत्रीय सभापतिमा गिरीलाई अगाडि सारिएको जानकारी गराईएको हो ।
क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त थियो । उक्त रिक्त पदमा यहि असोज २७ गते उपनिर्वाचन हुदैछ । पार्टीको १४ औं महाधिवेशनबाट उहाँ क्षेत्रीय सचिव पदमा निर्वाचित हुनुभएको थियो । त्यस्तै रिक्त रहेको सहसचिव पदमा विष्णुप्रसाद चापागाईलाई अगाडि सारिएको छ ।
उपसचिव पद पनि रामबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि रिक्त थियो । यस अघि बुधवार संस्थापन ईतर समुहवाट फर्शुराम ढकालको उम्मेदवारी घोषणा गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)