Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा हरिप्रसाद अर्याल बिजयी

बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा हरिप्रसाद अर्याल बिजयी

  • 2.5K
    SHARES

  • बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा हरिप्रसाद अर्याल बिजयी

    बुटवल, असोज २३ ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा अर्याल ८७ मतान्तरले निर्वाचित हुनुभएको हो ।

    अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो ।  संघको निर्वाचनमा १ हजार ७७८ सदस्य मतदाता रहेकोमा १ हजार ५०६ मत खसेको थियो । सोमबार सम्पन्न निर्वाचनको मंगलबार बिहान मत परिणाम सार्वजनिक भएको थियो ।hari-p,-aryal.jpg

    संघको वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने निर्बिरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई निर्बिरोध निर्वाचित हुनुभयो । 

    त्यस्तै उद्योग उपाध्यक्ष पदमा ७७८ मतसहित सुरज भट्टराई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयो । महासचिवमा ७६० मतसहित मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा ८०९ मतसहित बसन्तप्रसाद ढकाल, सचिव पदमा ७२३ मतसहित प्रतीक पोखरेल र सहकोषाध्यक्ष पदमा ८३० मतसहित धनकुमारी खनाल (सविता) निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी एक एशोसियट सदस्य पदमा ७५१ मतसहित बालकृष्ण पौडेल निर्वाचित हुनुभएको छ । चार उद्योग सदस्य पदमा दिपकप्रसाद चापागाई, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, रामबहादुर भण्डारी र टिकाराम वञ्जाडे निर्वाचित हुनुभएको छ ।

    त्यस्तै सात खुल्ला सदस्यमा बिष्णु (कमला) घिमिरे पन्त, बिष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्यमा जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।list a.jpglist b.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology