Logo बिहिवार, आश्विन १ गते २०८३
images

९ महिनादेखि बन्द रहेका अर्घाखाँचीका सबै मठ-मन्दिर भोलिदेखि खुल्ने

९ महिनादेखि बन्द रहेका अर्घाखाँचीका सबै मठ-मन्दिर भोलिदेखि खुल्ने

  • 3.8K
    SHARES

  • ९ महिनादेखि बन्द रहेका अर्घाखाँचीका सबै मठ-मन्दिर भोलिदेखि खुल्ने

    बुटवल,मंसिर ३० -

    अर्घाखाँचीमा रहेका सबै धार्मिक मठ मन्दिरहरु भोलिदेखि खुल्ने भएका छन् । कोरोनाका कारण चैतदेखि बन्द रहेका सुपा देउराली मन्दिर लगायतका धार्मिक मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरु भोलि पुस १ गते देखि खुल्ला गर्ने निर्णय भएको छ । 

    जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले स्वास्थ्य मापदण्ड कायम गरी भोलि देखि धार्मिक तथा पर्यटकीय स्थलहरु खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले नागरिक अनलाइनलाइ बताउनुभयो । 

    बैठकमा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका प्रनाउ रामकृष्ण महर्जन, सेनानी अशोक कुमार क्षेत्री, प्रमुख अनुसन्धान अधिकृत विनय चतुर्वेदी,  अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, विनोद खनाल,  जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुस्पा थापा, रेडक्रसका जिल्ला सभापति कुशल भुसाल, सनिधखर्क ७ का वडा अध्यक्ष प्रितम थापा, शितगंगा नगरपालिका २ का वडा अध्यक्ष गोबद्र्धन थापा, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology