Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल र वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवल र वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

  • 2.7K
    SHARES

  • बुटवल र वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

    बुटवल भदौ १२ ।

    वीरगञ्ज र रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको गए राति भीम अस्पतालमा मृत्यु भएको हो।

    उनमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी लडेर घाइते भएपछि उपचारको लागि अस्पताल जाँदा कोरोना संक्रमण देखिएको थियो। योसँगै रुपन्देहीमा कोरोना संक्रणको कारण मृत्यु हुने संख्या ६ पुगेको छ।

    यसैबीच वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अघि मृत्यु भएका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

    पर्साको जिराभवानी गाउँपालिका–४ घर भएका उनको आइतबार राति १० बजे मृत्यु भएको थियो। मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो। गएराति उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology