बुटवल,भदौ ३० ।
ज्ञानपुञ्ज इबो स्कूलले हरितालिका तीजको अवसर पारेर विद्यालयमा अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यार्थी भित्र रहेको आन्तरीक तथा बाह्य ब्यक्तित्व विकास गर्ने पवित्र मनसायका साथ सञ्चालन गरिएको उक्त प्रतियोगिता विद्यालयका सह–प्राचार्य हिमलाल न्यौपाने को अध्यक्षता‚ प्राचार्य तोयाराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रत्येक सदनले कक्षा १–३‚ ४–६ र ७–९ तह गरि तिन तिन तहमा १२ वटा गित तथा नृत्य प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा ग्रीन सदन प्रथम‚ ब्लु सदन द्वितीय र रेड सदनले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । उत्कृष्ट हुने सफल विद्यार्थीलाई प्रमुख अतिथि तथा प्राचार्य तोयाराम पौडेल‚ सभाध्यक्ष हिमलाल न्यौपाने र इसीए प्रमुख हरि भट्टराइले सम्मान तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । आजै विद्यालयका गुरुहरुले विद्यालयमा अध्यापन गराउने महिला शिक्षक तथा परिचारिकाहरुलाई तीजको विशेष दर खुवाउने कर्यक्रम पनि सम्पन्न गर्नु भएको छ ।
कार्यक्रमा करीव १०० जना शिक्षक‚ शिक्षिका तथा कर्मचारीहरुको भब्य उपस्थितिमा महिला शिक्षक द्वारा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तोयाराम पौडेलले तीज नारीमैत्री पर्व भएकाले नारी स्वतन्त्रताको प्रतीकको रुपमा परम्परादेखि मानिदै आएको बताउनुभयो ।
आधुतिकताका नाममा होटेलमा वियर खाएर १ महिना सम्म तीज मनाउने विकृति आएकाले यसलाई तुरुन्त नहटाए भविष्यमा कु–प्रथाको रुप लिने बताउनुभयो । कार्यक्रममा हरि भट्टराइ‚ लक्ष्मी न्यैपाने‚ मिरा क्षेत्री लगायतले तीजको महत्व वारे प्रकाश पार्नुभयो ।
कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष हिमलाल न्यौपानेले तीजको परम्परा हराउँदै गएको‚ आधुनिकताका नाममा धेरै विकृति भित्रिएको बताउँदै कार्यक्रम सफल पार्ने सबैलाई धन्यबाद प्रकट गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)