Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल

रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल

  • 891
    SHARES

  • रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल

    बुटवल, वैशाख २२ ।

    रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापनाको पहल थालिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीचमा भएको भेटवार्तामा यो बिषयले प्रवेश पाएको हो ।

    बुटवल उपमहानगरपालिकाको कार्यालयमा बिहीबार भएको भेटवार्तामा बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रीकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको छ । नगर प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना, रात्रीकालीन बजार सञ्चालनमा समन्वय र प्रहरी पोष्ट स्थापना, अपराध न्यूनीकरणमा तदारुकता देखाउन प्रहरी प्रमुख कुँवरलाई आग्रह गर्नुभयो ।

    बुटवल क्षेत्रमा लागूपदार्थ दुव्र्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताउनुभयो । नगर प्रमुख पाण्डेयले बुटवलको अमरपथ, कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापनजस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    भेटका क्रममा प्रहरी महानीरिक्षक वसन्तबहादुर कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने विश्वास दिलाउनुभयो । उहाँले रात्रीकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने र बुटवललाई अपराधमुक्त र शान्तिपूर्ण शहर बनाउन प्रहरी संगठनले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको उपमहानगरपालिकाका प्रेस बिज्ञ सीपी खनालले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology