Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरियन भाषा परीक्षा : दीपको लोभलाग्दो नतिजा,उत्कृष्टलाई बधाईसहित सम्मान

कोरियन भाषा परीक्षा : दीपको लोभलाग्दो नतिजा,उत्कृष्टलाई बधाईसहित सम्मान

  • 4.2K
    SHARES

  • कोरियन भाषा परीक्षा :  दीपको लोभलाग्दो नतिजा,उत्कृष्टलाई बधाईसहित सम्मान

    बुटवल,वैसाख १८ ।

    कोरियन भाषा पढाउँदै आएको बुटवलको दीप एजुकेसन हब प्रालिले उत्कृष्ट नतिजा ल्याएको छ ।  

    यसवर्ष परीक्षा उत्तीर्ण भएकाहरुलाई बुटवलमा साेमबार एक समाराेहका बिच बधाइ तथा सम्मान साथै अन्तरक्रिया समेत गरिएको छ । कार्यक्रममा बाेल्दै दीप एजुकेशन हब प्रालिका अध्यक्ष एवं प्रमुख कोरियन भाषा प्रशिक्षक तथा दिपक लम्सालले यसवर्ष परीक्षा दिएका ९६ जनामा ८७ जना उत्तीर्ण गराउन सफल भएको बताए । ‘यो नेपालकै उत्कृष्ट परिणाम हो’– उनले भने ।

    ६ महिने कोर्षमा उनीहरुलाई कोरियन भाषा, कोरियाको हावापानी, अवस्था बुझाउने र नयाँ ठाउँमा के गर्ने जस्ता स-साना विषयमा समेत ज्ञान दिने गरेको लम्सालले जानकारी दिए ।

    सरकारी कोटामा ईपिए माध्यमबाट कोरिया रोजगारमा जान चाहने  युवाहरुलाई लक्षित गरी पाँच वर्षअघिदेखि शुरु गरेको दीपबाट ५ सय बढिलाई भाषा परिक्षामा उत्तीर्ण गराउन सफल भएको उनको भनाइ छ । कोरियामा जानेहरुमा १० प्रतिशत महिला छन् भने कृषिमा आकर्षण बढेको छ ।

    अघिल्लो वर्ष दीपबाट १ सय ५७ मा १३७ मा पास भएका थिए । प्रविधिमैत्री रुपमा अध्ययन अध्यापनबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको दाबी छ ।एक समारोहका बीच सोमबार बुटवलमा यस वर्ष उर्तिणहरुलाई सम्मान तथा नयालाई अभिमुखिकरण गरिएको छ ।deep edu butwal.jpg

    कोरियन भाषा प्रशिक्षक अरुण पौडेलले उत्तीर्ण भएकालाई थप प्रकियाका बारेमा जानकारी दिए ।कोरियन भाषा प्रशिक्षक बसन्त थापाले वर्षमा एकपटक परिक्षा हुँदै आएकोमा यो वर्षदेखि दुई विधामा फरकफरक परीक्षा लिइन थालिएको बताए । 

    देशभरबाट ३९ हजार जनाले परीक्षा दिएकोमा १० हजार जनाले नाम निकालेका छन् ।सो अबसरमा दीप एजुकेशनका बसन्त थापा,तथा भाषा परिक्षा उतिर्ण बिद्यार्थीहरु मनोज शाहनी,केशव थापा,सुनिता चौधरीर,सन्दीप सापकोटा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन भने जिडी शिखरले गरेका थिए ।

    बुटवल क्षेत्रमा मात्रै १२ वटा बढी भाषा पढाउने ईन्स्टिच्यूटहरु छन् ।कोरियामा १० वर्षसम्म बस्न पाउने प्रावधान रहने तथा कृषि र उत्पादन गरी दुई वटा काममा भिषा दिने गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology