Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

ज्ञानपुञ्ज इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ का बिद्यार्थीलाई बिदाई

ज्ञानपुञ्ज इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ का बिद्यार्थीलाई बिदाई

  • 1.2K
    SHARES

  • ज्ञानपुञ्ज इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ का बिद्यार्थीलाई बिदाई

    बुटवल,बैशाख ९ ।

    ज्ञानपुञ्ज इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ का बिद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा ११ का बिद्यार्थीले १२ को अध्ययन सकेका ३६ जना बिद्यार्थीलाई बिदाई गरेका छन् ।

    कक्षा ११ का बिद्यार्थी सुवास खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बाेर्ड लुम्बिनी प्रदेश कार्यालयका शाखा अधिकृत बाबुराम भण्डारीले बिद्यार्थीले समाजका लागि योगदान दिनेगरी शिक्षालाई ब्यबहारिक बनाउनुपर्ने बताउनुभयो ।उहाँले शैक्षिक गुणस्तरको लागि ज्ञानपुञ्जले राम्रो भुमिका खेलेको बताउनुभयो ।

    gyanpunja.jpg

    बिद्यालयका अध्यक्ष गंगाराम ढकाल,प्राचार्य तोयाराम पौडेल,सहप्रचार्य  हिमलाल न्यौपाने,सहप्रचार्य हरि घिमिरे,शिक्षकहरु देवराज शर्मा,रमेश घिमिरे,अर्जुन गैरे,राजेन्द्र पौडेल लगायतले बोलेका थिए ।

    कक्षा ११ की रितु भट्टराइको स्वागत,कक्षा १२ का बिज्ञान कार्की ,सुसन बहादुर क्षेत्री लगायले बोलेका थिए भने सो अबसरमा बिद्यार्थीहरूले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन कक्षा ११ का गिता न्यौपाने र अनिता महतले गरेका थिए। ज्ञानपुञ्जमा कक्षा ११ मा ४२ र १२ मा ३६ जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology