Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एसिसी मेन्स प्रिमियर क्रिकेट : नेपालको शानदार जित,ओमान ८४ रनले पराजित

एसिसी मेन्स प्रिमियर क्रिकेट : नेपालको शानदार जित,ओमान ८४ रनले पराजित

  • 1.2K
    SHARES

  • एसिसी मेन्स प्रिमियर क्रिकेट : नेपालको शानदार जित,ओमान ८४ रनले पराजित

    बुटवल,बैसाख ८ ।

    एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ।शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो।

    ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो।नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन्। आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। शतक हान्ने क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरे।

    यस्तै सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे। ४८ बल खेलेका उनले ९ चौका प्रहार गरे। भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९ रन जोडे।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३१० रनको विशाल योगफल तयार पारेको थियो।ओमानका लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए। सन्दीप गौडले ४६ रन बनाउँदा ओपनर कक्षेप प्रजापतिले २५ रन जोडे।नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए। आजको खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो।रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए। सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन्।अब नेपाल अर्को खेल वैशाख ११ गते साउदी अरबसँग खेल्ने छ। खेल मुलपानी क्रिकेट मैदानमा हुने छ।

    प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

    समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology