Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा दायित्व मार्फत् नयाँ उद्यमी छानिने

तिलोत्तमामा दायित्व मार्फत् नयाँ उद्यमी छानिने

  • 2.2K
    SHARES

  • तिलोत्तमामा दायित्व मार्फत् नयाँ उद्यमी छानिने

    बुटवल,चैत २२ ।

    दायित्वको आयोजनामा तिलोत्तमा नगरपालिकामा जारी नगर प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम अन्तर्गत तेस्रो सस्करणको नयाँ उद्यमी छानिने भएका छन ।

    तिलोत्तमा नगरापलिका भित्र उद्यम गर्दै आएका साना र मझौला प्रकृतिका  उद्यमीहरुको विचमा प्रतिष्पर्धात्मक रुपमा १ जना उत्कष्ट उद्यमी छानिन लागिएको हो । तेस्रो चरणको लागि ८५ जनाले आवेदन पेश गरेकोमा विभिन्न चरणबाट अहिले १० जना उद्यमीहरु छानिएका छन् ।  

    ति उद्यमीहरुले गर्दै  आएको सिप, उद्यमी, क्षमता बजार र नेतृत्वको आधारमा १ जनालाई उत्कृष्ट उद्यमीको रुपमा पुरस्कृत गरिने योजना रहेको दायित्वको सिनियर प्रोग्राम म्यानेजर सञ्जय पोखरेलले जानकारी दिए ।उनका अनुसार यहि चैत २८ गते तिलोत्तमामा एक विशेष कार्यक्रम गरी उत्कृष्ठ उद्यमी घोषणा हुने छन् ।

    जसको लागि उद्यमीहरुले आफ्नो ७ मिनेटको प्रस्तुती समेत गर्ने छन् । उपस्थिति मुल्यांकन कर्ता, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिध साथै समाजसास्त्रीहरुको मुल्यांकनबाट उत्कृष्ठ १ जना उद्यमी घोषणा गरिने दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिए ।

     सोही कार्यक्रम अन्तगतग बुधवार सञ्चारर्कीसंग उद्यमी कार्यक्रम गरिएको छ । कार्यक्रममा हाल उत्कृष्ठ १० मा छनौटमा परेका उद्यमीहरु यम कुमारी पौडेल,  सरस्वती बन्जाडे, दुर्गा भण्डारी, मिनु थापा, रोहित सिंह आले,चन्दा घिमिरे,  भगवती बश्याल, बलराम काफ्ले, विना कुमारी पुन, राधेश्याम लोधले आ-आफुले गर्दै आएको उद्यमको विषयमा प्रकाश पारेका थिए ।  

    यसरी छनौट भएका उद्यमीहरु मध्ये उत्कृष्ठ १ जनालाई १ लाख, दोस्रो   उत्कृष्ट उद्यमीले ३५ हजार र अन्य सबै सहभागी उत्कृष्ट १० मा परेका उद्यमीहरुले १०-१० हजार नगद पुरस्कार पाउने छन् ।

    यी समाचार पनि पढौँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology