बुटवल,चैत्र १८ ।
जिल्ला साईकल संघ रुपन्देहीको आयोजनामा यहि चैत १७ गते शुरु भएको राइड टु रानीमहलका साईकलिस्टलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ रुपन्देहीले सम्मान गरेको छ। रानीमहलबाट फर्केका साईकलिस्टलाई मणिमुकुन्द सेन उद्यान फुलबारीमा संघले सम्मान गरेको हो।
स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नका लागि महत्वपुर्ण कार्य गरेको भन्दै सम्मान गरिएको महासंघको केन्द्रिय प्रथम उपाध्यक्ष रामकुमार रणपालले जानकारी दिए।
संघका विशिष्ट सदस्य एव परियार सेवा समिती रुपन्देही अध्यक्ष लोक बहादुर नेपाली,जिल्ला अध्यक्ष सुबास परियार,प्रथम उपाध्यक्ष तुल्सी बहादुर भण्डारी,महासचिव सञ्जित बुढा प्रीती, मणिमुकुन्द सेन उद्यान फुलबारीका अध्यक्ष खेल लुईटेल,अनन्तराम वाग्ले लगायतले सम्मान गरेका हुन।
संघ सदस्य मनु थापाको समन्वय एव आर्थिक सहयोगमा भएको कार्यक्रममा ५० बढी साईकलिस्ट सहभागी रहेका थिए।साईकल संघ अध्यक्ष पुकार थापाले यो सम्मानले उत्साह थपेको बताउदै नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ रुपन्देहीलाई मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ रुपन्देहीका पदाधिकारी एव सदस्यहरुको सहभागीता रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)