Logo बिहिवार, आश्विन १ गते २०८३
images

२२ औं तिलोत्तमा गोल्डकपको उपाधी मनाङ मर्स्याङदीलाई

२२ औं तिलोत्तमा गोल्डकपको उपाधी मनाङ मर्स्याङदीलाई

  • 1.3K
    SHARES

  • २२ औं तिलोत्तमा गोल्डकपको उपाधी मनाङ मर्स्याङदीलाई

    बुटवल,चैत्र ११ ।

    बुटवलको एन्फा टेक्निकल सेन्टरमा सम्पन्न २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लव उचालेको छ । शनिबार भएको फाईनल प्रतियोगितामा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं संस्करणको उपाधि उचालेको हो ।

    उपाधि उचाले संगै मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपाधि चुम्न नसकेको सुदुरपश्चिम ११ ले भने ६ लाख ६६ हजार ६११ प्राप्त गरेको छ ।त्यस अघि भएको खेलमा दुवै टिमबाट १र१ गोल भएको थियो ।

    ५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मस्याङदी क्लव लाई अग्रता बनाएपनि त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७० औं मिनेटमा सुदुरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए ।

    त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।tilottama gold.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology