Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्रिकेट प्रशिक्षक बसन्त शाही ठकुरीलाई एपेक्स स्कुलले गर्‍यो सम्मान

क्रिकेट प्रशिक्षक बसन्त शाही ठकुरीलाई एपेक्स स्कुलले गर्‍यो सम्मान

  • 1.7K
    SHARES

  • क्रिकेट प्रशिक्षक बसन्त शाही ठकुरीलाई एपेक्स स्कुलले गर्‍यो सम्मान

    बुटवल,चैत्र १० ।

    क्रिकेट प्रशिक्षक बसन्त शाही ठकुरीलाई रुपन्देहीको तिलोत्तमा १ मा रहेको एपेक्स स्कुलले सम्मान गरेको छ । उनी नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक हुन् भने आइसीसी क्रिकेट मेन्स वल्ड कप लिग २ का सह प्रशिक्षक समेत हुन् । नेपाली टीम वल्ड कपमा क्वालिफायर्समा गरेको योगदानसहितको खुसीयालीमा उनलाइ सम्मान गरिएको हो । 

    एपेक्स स्कुलमा शेयर होल्डर समेत रहेका ठकुरीलाई एक समारोहका बिचमा स्कुलले दोसल्ला खादा र मालाले सम्मान गरेको हो ।सो अबसरमा लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराई ,पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा,स्कुलका अध्यक्ष शिवप्रसाद भट्टराई, प्राचार्य दीपक गाैतम,उमेश श्रेष्ठ लगायतले सम्मान गरे ।basanta sahi.jpg कार्यक्रममा बाेल्ने वक्ताहरुले नेपालमा खेलकुदको अपार संभावना रहेपनि सरकारले यथेष्ट खेलमैदान लगायतका सामाग्री,प्रविधिको बन्दाेबस्त गर्न नसकेको बताए ।

    ठकुरीलाई २०७८ मंसिरमा नेपाल क्रिकेट संघ क्यानले एसीसी यू१९ एसिया कपको लागि समेत नियुक्त गरेको थियो ।प्रशिक्षक ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसिय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए ।apex ad.jpgBasanta-Shahi-thakuri.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology