Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम ११ भिड्ने

तिलोत्तमा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम ११ भिड्ने

  • 1.5K
    SHARES

  • तिलोत्तमा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम ११ भिड्ने

    बुटवल,चैत ९ ।

    मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मनाङले अब उपाधिका लागि शनिबार हुने फाइनलमा सुदूरपश्चिम-११ सँग प्रतिस्पर्धा गर्नेछ ।

    बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनमा फ्रेण्ड्स क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । मनाङ र फ्रेन्ड्सबीच निर्धारित समयमा २(२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिइएको थियो ।

    मनाङका लागि खेलको ७ औं मिनेटमा रफिक अमिनोले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दलाएका थिए । उत्तम राईले २६ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारेका थिए । दबाबमा परेको मनाङका लागि पहिलो हाफको अतिरिक्त समयमा आशिस गुरुङले गोल गर्दै फ्रेन्ड्सको अग्रता २–१ मा छोट्याए ।

    दोस्रो हाफको २ मिनेटमा मनाङका प्रसन्न श्रेष्ठले अर्को गोल थप्दै खेललाई २–२ को बराबरीमा फर्काएका थिए । बिहीबार भएको खेलमा मनाङका कप्तान आशीष गुरुङ प्लेयर अफ द म्याच घोषित भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरेका छन् । बुधबार भएको खेलमा थ्री स्टार क्लबलाई १–० गोलले पराजित गर्दै सुदूरपश्चिम -११ ले फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल शनिबार हुनेछ ।gold.jfif

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology