Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिनाउ दानव नदी करिडोरको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने-‘ओली नेतृत्वको सरकार पाँच वर्ष नै टिक्छ ’

तिनाउ दानव नदी करिडोरको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने-‘ओली नेतृत्वको सरकार पाँच वर्ष नै टिक्छ ’

  • 3.4K
    SHARES

  • तिनाउ दानव नदी करिडोरको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने-‘ओली नेतृत्वको सरकार पाँच वर्ष नै टिक्छ ’

    बुटवल ,मंसिर १०-

    अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकार पुरा पाँच वर्ष टिक्ने दाबी गरेका छन् । अर्थमन्त्री पौडेलले विकास समृद्दि र समाजवादको गन्तब्य तय नगर्दासम्म वर्तमान सरकार टिकिरहने बताउंदै उनले सानातिना व्यवधानले सरकारको कामलाई असर नपार्ने स्पष्ट पारे ।

    रुपन्देहीको बुटवलमा आज तिनाउ दानव नदी करिडोर आयोजनाको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले प्रदेशको केन्द्र नहुँदैमा बुटवलको समृद्दि र विकासलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

    तिनाउ दानव नदी करिडोर केन्द्र सरकारको बिशेष महत्वको आयोजना भएको बताउंदै उनले यो सडक पुरा भएपछि बुटवलबाट भारतीय सिमा मर्चवार सम्मको क्षेत्रको कायापलट हुने दाबी गरे ।

    उनले नदि किनारमा बसोबास गर्दै आएका स्थानीयलाई सम्बोधन गर्दै विकासका लागि सहयोग गर्न आह्वान समेत गरे । नदि किनारमा बस्दै आएका भूमिहिनहरुलाई सरकारले बैकल्पिक ब्यवस्था गर्ने निर्णय गरिसकेको बताए ।पौडेलले रुपन्देहीको विकाससँग जोडिएका कुनै पनि काम नरोक्न सराकोरवालालाई कार्यक्रम स्थलबाटै निर्देशन समेत दिए । 

    उनले सिद्धबाबा सुरुङमार्गको डीपीआर बनिसक्दा, बजेटको ब्यवस्था भईसक्दा र सबै तयारी हुंदा पनि टेण्डर प्रक्रिया अगाडी नबढेकोमा चिन्ता ब्यक्त गर्दै कार्यक्रम स्थलबाटै सुरुङमार्गको काम अगाडी नबढेको बिषयमा सम्बन्धित निकायलाई प्रश्न गरे ।

    कार्यक्रमका बीच अर्थमन्त्री पौडेलले तिनाउ र दानव नदीलाई आधार बनाएर नदीको किनारै किनार बुटवलको जितगढीबाट भारतीय सिमा मर्चवारसम्मको सडकअन्तर्गत पहिलो चरणको ४.३ किलोमिटर सडकको शिलान्यास गरेका थिए ।

    सो सडकको पहिलो चरण अन्तर्गत ४.३ किलो मिटर सडक ५२ करोड ४६ लाख ८३ हजार लागतमा २०८० साल असोज मसान्तमा सम्पन्न गर्ने गरि ठेक्का दिईएको छ ।

    यी समाचार पनि :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology