Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यु होराइजन कप जिल्ला स्तरीय अन्तरबिद्यालय छात्रा भलिवल प्रतियोगिता शुरु

न्यु होराइजन कप जिल्ला स्तरीय अन्तरबिद्यालय छात्रा भलिवल प्रतियोगिता शुरु

  • 4.9K
    SHARES

  • न्यु होराइजन कप जिल्ला स्तरीय अन्तरबिद्यालय छात्रा भलिवल प्रतियोगिता शुरु

    बुटवल,फागुन २२ ।

    आजदेखि बुटवलमा प्रथम न्यु होराइजन कप जिल्ला स्तरीय अन्तरबिद्यालय छात्रा भलिवल प्रतियोगिता शुरु भएको छ ।बुटवल ११ देबीनगरमा रहेको न्यु होराइजन माबिमा न्यु होराईजन स्पोर्ट क्लवको आयोजना तथा रोटरी ई कल्व अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको सह आयोजनामा प्रतियाृेगिता शुरु भएको हो ।

    फागु पूर्णिमा तथा तथा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै क्लवका अध्यक्ष डा. प्रकाश बस्नेतले खेल मानव जिवनका लागि महत्वपूर्ण रहने बताउनुभयो ।  सो अबसरमा क्लवका संरक्षक तथा न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्याय, उपप्रचार्य बालकृष्ण भण्डारी ,क्लवका कोषाध्यक्ष लिला खनाल,सचिव  प्रकाश गौतम, शिक्षक कपिल आचार्य लगायतले बोल्नुभएको थियो ।

    आज चारखेल भएका छन् ।उद्घाटन खेलमा कालिकाले न्यु ईन्भारोन्टमेन्टलाई जित्दै अघिल्लो चरणमा गएको छ । भने दोश्रोखेलमा शान्ति नमुना माबिलाई सेन्ट जोशेफ भलबारीले पछाडी पारेको हो । त्यस्तै नवज्योति र बुद्धपब्लिक , एसियन लाईट ईबो र सगरमाथा ईबो बिच खेल भएको क्लवका उपाध्यक्ष तथा खेल संयोजक चेतन ठकुरीले बताउनुभयो ।

    प्रतियोगितामा जिल्लाका १२ टिम सहभागि छन् । ३ दिनसम्म चल्ने सो प्रतियोगितामा उत्कृष्ट हुने टीमलाइ क्रमश ३० हजार,२० हजार ,१५ हजार र ८ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ  ।game horizon.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology