बुटवल,फागुन १९ ।
अखिल छैठौंले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ । सिद्धार्थ क्याम्पसले अखिल छैठौंलाई संगठन दर्ता गर्न नदिएपछि इकाई समितिले निर्वाचन आयोगमा तालाबन्दी गरेको दाबी गरेको छ।
आगमी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउंसो ३ वजेसम्म संगठनको नाम दर्ता गर्ने समय थियो ।
संगठनको नाम दर्ता गर्ने अन्तिम समय ३ वजे भएपनि २ वजे अगाडी नै क्याम्पसमा संगठनको नाम दर्ता गर्न जांदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालावन्दी गरिएको अखिल छैठौंका इकाई अध्यक्ष समिर पोखरेलले बताए । क्याम्पसले भने समय भन्दा पछि आएकाले दर्ता नभएको बताएको छ । भाेलि यसै विषयमा बार्ता हुनेछ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)