Logo बिहिवार, आश्विन १ गते २०८३
images

श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते खेलाडीलाई बुटवलबाट बिदाई 

श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते खेलाडीलाई बुटवलबाट बिदाई 

  • 1.7K
    SHARES

  • श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते खेलाडीलाई बुटवलबाट बिदाई 

    बुटवल,फागुन १६ । 

    श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीहरुलाई बुटवलबाट बिदाई गरिएको छ । 
    बुटवल उपमहानगरपालिकाले प्रशिक्षकसहित ६ जना खेलाडीलाई मंगलबार बिदाई गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, महाशाखा प्रमुख मित्रमणि खनालसहितको टोलीले खेलाडीसहितको टोलीलाई माला र खादा लगाएर बिदाई गरेको हो ।

     खेलाडीहरुलाई बिदाई गर्दै पन्थीले कराँतेमा उपाधि हासिल गरेर आउनका लागि शुभकामना दिनुभयो । उहाँले खेलका माध्यमबाट बुटवल र नेपालकै नाम विश्वसामु परिचित गराउँदै जितेर आउनका लागि शुभेच्छा व्यक्त गर्नुभयो ।

    मार्च ४ मा श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन भैरहवाका कमरुद्दिन अली, देवदहका शोभाखर पन्थ, तिलोत्तमाका ९ वर्षका श्याम कँडेल, बुटवल देवीनगरका १३ वर्षका रिपेश बस्याल, सिन्धुलीका पुरुषोत्तम पोखरेल र मुख्य प्रशिक्षकका रुपमा हरिशरण केसी सहभागी हुने टीम व्यवस्थापक जनेश पन्थीले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology