Logo बिहिवार, आश्विन १ गते २०८३
images

कालिका मानवज्ञानका विवेकले जिते दीप गायन ताराको उपाधी

कालिका मानवज्ञानका विवेकले जिते दीप गायन ताराको उपाधी

  • 1.5K
    SHARES

  • कालिका मानवज्ञानका विवेकले जिते दीप गायन ताराको उपाधी

    बुटवल ,फागुन ५ ।

    दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा.वि. दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् ।

    त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी स्कुलका अनुज गाहा द्वितीय, लुम्बिनी बोर्डिङ स्कुलका समिरे घिमिरे तृतीय, कान्ति मा.वि.का प्रेम विक र स्कलर्स बोर्डिङ स्कुलका रेनुका सुनारले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

    प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालले दीप बोर्डिङ हाई स्कुलले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई-दुई हजारका साथ सिल्ड, मेडल, प्रमाणपत्र तथा टप टेनमा पर्न सफल अन्य ५ जना विद्यार्थीहरूले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 
    कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार राजाराजेन्द्र पोख्रेलले शैक्षिक, समसामयिक विषयवस्तुमा हास्यव्यङग्य प्रस्तुत गरेका थिए भने नवौँ दीप गायन ताराका विजेता कुशल आचार्यले गीत प्रस्तुत गरेका थिए ।

    दसौँ दीप गायन तारा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार, शुभेच्छुक र शिक्षकशिक्षिका तथा कर्मचारी वर्गलाई कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले धन्यवाद दिनुभएको थियो । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका कार्यालय प्रमुख दीपेन्द्र ढकालको प्रमुख आतिथ्यता, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, वि.व्य.स.सदस्य वसन्तकुमार जोशी, विष्णुमाया श्रेष्ठ, लेखाप्रमुख रेखा श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वि.व्य.स. अध्यक्ष राजेन्द्रप्रसाद ढोजूले स्वागत र उपप्राचार्य कलाधर अर्यालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, विजय सापकोटा र बालकृष्ण पाठकले संयुक्त रूपमा गर्नुभएको थियो ।

    deep gayan tara (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology