Logo बिहिवार, आश्विन १ गते २०८३
images

भेट्रान्स ढल्के जोवन कपको उपाधी विश्व शान्तिलाइ

भेट्रान्स ढल्के जोवन कपको उपाधी विश्व शान्तिलाइ

  • 1.3K
    SHARES

  • भेट्रान्स ढल्के जोवन कपको उपाधी विश्व शान्तिलाइ

    बुटवल,फागुन ३ ।

    रुपन्देहीको सैनामैना वार्ड नम्बर ७ मा बुधबार सम्पन्न भेट्रान्स ढल्के जोवन कपको उपाधी विश्वशान्ती यूवा क्लव सालझण्डीले हात पारेकाे छ ।

    सालझण्डीले मुर्गिया एफ सीलाइ ४-१ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेकाे हो । पहिलो हाफमा १-० काे अग्रता बनाएको मुर्गीया दोस्रो हाफमा सालझण्डीका रेजिन श्रेष्ठकाे उत्कृष्ट प्रदर्शन सँगै ४ गोल खान बाध्य भयो ।रेजिन एक्लैले ३ गोल गरेका थिए । भेट्रान्स ग्रुप सैनामैना ७ काे आयोजना तथा सैनामैना नगरपालिका वार्ड नम्बर ७ काे संरक्षकमा सम्पन्न प्रतियोगितामा १२ टीमकाे सहभागिता रहेकाे थियो ।

    ३५ वर्ष माथिका खेलाडीहरूलाई स्थानिय फूटबलकाे विकासमा थप रुची र चासो पुगोस् भन्नेे हेतुले प्रतियोगीताको आयोजना गरिएको खेल संयोजक ईश्वर दर्लामीले जानकारी दिए ।s.jpg

    विजेता टिमले नगद ५ हजार सँगै २० किलोको बोका, शिल्ड मेडल प्राप्त गरेको छ भने दोस्रो हुने मुर्गियाले ३५०० नगद १५ किलोकाे बोका, तथा शिल्ड प्राप्त गरेको वार्ड अध्यक्ष राज कुमार चौधरीले जानकारी दिए । सम्योजक ईश्वर दर्लामीकाे अध्यक्षता तथा कृष्ण ज्ञवालीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology