बुटवल,माघ २० ।
वेष्ट्र्न क्रीकेट क्लव बुटवल ११ देवीनगरमा स्पेशल क्रिकट क्याम्प चलिरहेको छ । माघ १४ गतेबाट शुरू भएको क्याम्पमा ४० जना सहभागि छन् ।
नेपाल क्रिकट टीमका प्रख्यात क्रिकेट कोच तथा आइसिसी लेबल वानका टुटोर वसन्त शाही ठकुरीले प्रशिक्षण दिइरहेका छन् ।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले खेलको बिकासका लागि नीजि क्षेत्रले गरेको भूमिकाको प्रशंसा गरेका थिए ।उनले सहकार्य गरेर अघि बढ्ने बताए ।
विशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई , विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र खनाल तथा कारका सचिब सञ्जय गुरुङ्ग , कोषाध्यक्ष निरज प्रताप खाण, नेपालका राष्ट्रिय अम्पायर रामचन्द्र पाण्डे लगायतले बोलेका थिए ।सो अवसरमा एकेडेमीको ट्रस पिचको उद्घाटन भएको छ ।
पिच निर्माणका लागि करिब ३ लाखको लागत लागेको वेष्ट्रन क्रिक्रेट एकेडेमीका अध्यक्ष भुवन पाण्डेले नागरिक अनलाइनलाई बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)