Logo बिहिवार, आश्विन १ गते २०८३
images

माघ २४ गतेदेखि ‘मणिमुकुन्द रनिङ कप’ प्रतियोगिता हुँदै

माघ २४ गतेदेखि ‘मणिमुकुन्द रनिङ कप’ प्रतियोगिता हुँदै

  • 948
    SHARES

  • माघ २४ गतेदेखि ‘मणिमुकुन्द रनिङ कप’ प्रतियोगिता हुँदै

    बुटवल,माघ १७ ।

    रुपन्देहीमा डेढ लाख नगद पुरस्कार राशीको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुनेभएको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा माघ २४ गतेदेखि हुने भएको हो ।

    ‘मणिमुकुन्द रनिङ कप’ प्रतियोगिता कोरोना महामारीका कारण २०७६ यता रोकिएको थियो । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको आठौं संस्करणमा ४ प्रदेशका ११ जिल्लाका भलिबल संघको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।प्रतियोगितामा स्याङजा, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, बागलुङ, तनहुं, नवलपुर, पर्वत, चितवन र बझाङ जिल्ला भलिबल संघले भाग लिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

    प्रतियोगितामा विजयी टिमले १ लाख ५० हजार,दोस्रोले एक लाख, तेस्रोले ५५ हजार र सान्त्वना हुनेले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने क्लबका सचिव काशिराज गौतमले जानकारी गराए ।करिब २५ लाख रुपैयां खर्च हुने प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले तीन लाख रुपैयां सहयोग गर्ने र बांकी रकम खेलप्रेमी तथा व्यवसायिक संघसंस्थाबाट सहयोग जुटाइने प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले बताए ।

    क्लवका  सल्लाहकारहरु टुकबहादुर क्षेत्री, होबिन्द कार्की, प्रेस सल्लाहकार विश्वास ढकाल लगायतले जिल्लाकै उत्कृष्ट र नमूना प्रतियोगितालाई सबैले आआफ्नो ठाउंबाट सक्दो सहयोग गर्नुपर्ने अपील गरे ।प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि नगद सहित पुरस्कृत गरिने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology