Logo बिहिवार, आश्विन १ गते २०८३
images

कुमारवर्ती र आयोजकले हात पार्याे एभरेष्ट भलिबल कपको उपाधी

कुमारवर्ती र आयोजकले हात पार्याे एभरेष्ट भलिबल कपको उपाधी

  • 879
    SHARES

  • कुमारवर्ती र आयोजकले हात पार्याे  एभरेष्ट भलिबल कपको उपाधी

    बुटवल,माघ ९।

    बुटवलमा भएको आठौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट भलिबल कप प्रतियोगिताको उपाधि छात्रतर्फ कुंवरवर्ती बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक एभरेष्ट इङलिस माविले जितेका छन ।

    एभरेष्ट इङलिस माविको आयोजनामा आइतबार भएको फाइनल खेलमा छात्रतर्फ मणिमुकुन्द माविलाई ३–१ को सेटमा पराजित गर्दै कुंवरवर्तीले उपाधि उचालेको हो । यसैगरि छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुंवरवर्ती बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा हराउँदै उपाधि उचाल्यो । उपाधिसँगै कुमारवर्ती र आयोजक एभरेष्टले नगद २०/२० हजार शिल्ड तथा प्रमाणपत्र हात पारेका छन् ।

    यस्तै छात्रतर्फ उपविजेता बनेको मणिमुकुन्द मावि र छात्रातर्फको कुमारवर्ती बोर्डिङ स्कुलले नगद १५/१५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेको हुन् । छात्रतर्फ न्यु होराईजनलाई २–० को सेटमा हराउँदै सेन्ट जोसेफ तृतीय बन्यो भने छात्रातर्फ दिप बोडिङलाई २–० को सेटमा हराउँदै न्यु होराईजनले तृतिय स्थान हासिल गर्याे ।

    तृतीय स्थान हात पर्ने समुहले नगद १०/१० हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले सहभागिता जनाएका थिए ।

    विद्यालय संचालन समितिका उपाध्यक्ष भिमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडानम्बर ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, कालिका मावि ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी लगायतले विजयी विद्यालय, विद्यार्थी तथा खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै स्वास्थ्यका लागि खेलकुदको महत्वलाई विद्यालय स्तरमै जोड दिनु प्रसंशनीय कार्य भएको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology