बुटवल,पुस १७ ।
नेपाली हर्ट ग्रुपको अध्यक्षमा डिल्लीराज पराजुली चयन भएका छन्।
रुपन्देहीको बुटवलमा सम्पन्न ग्रुपको प्रथम राष्ट्रिय अधिवेशनबाट प्यूठानका पराजुली अध्यक्ष बनेका हुन् । ग्रुपको वरिष्ठ उपाध्यक्ष सम्भु लम्साल (चितवन), उपाध्यक्ष गोविन्द थापा (काठमाण्डौ) ,महासचिव एलबि थापा (प्यूठान) ,सचिव प्रसना पौडेल (कास्की) ,कोषाध्यक्ष रश्मी आले (काठमाडौं) रहेका छन्।
त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा तिला भुसाल (दाङ) ,अविरल थापा (प्यूठान) ,पिताम्बर पोख्रेल (पाल्पा) ,नन्दकला पाण्डे (काठमाडौं), अर्जुन भट्टराई (काठमाडौं) ,रामबाबु गुरुङ (उदयपुर कटारी),अमृत विक्रम शाही (दैलेख) ,सुगम रिजाल (प्यूठान), पदम प्रसाद खनाल (प्यूठान) रहेका छन्।
नेपाली हर्ट ग्रुपले अनाथ,गरीब, असहाय बालबालिका, दीनदुःखीहरुलाई सेवा गर्दै आएको नवनिर्वाचित अध्यक्ष पराजुलीले नागरिक अनलाइनलाइ जानकारी दिए। ‘हाम्रो कार्यक्षेत्र सिंगो नेपाल हो।’ पराजुलीले भने, ‘सामाजिक सेवा हाम्रो मुख्य अभियान हो।’
अभियानमा साथ दिन र आगामी दिनमा सझै सक्रियताका साथ अघि बढ्न हाैसला मिलेको उनले बताए । बुटवलमा भएको उद्घाटनसत्रमा बोल्ने बक्ताहरुले हर्ट ग्रुपले टिकटकबाट मनोरञ्जनका माध्ययमबाट सामाजिक क्षेत्रमा ठूलो सहयोग र योगदान गरेको बताएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)