पाल्पा,मंसिर २७ ।
पाल्पाको सर्देवामा मंगलवार भएको टिप्पर दुर्घटनामा आठ जना घाइते भएका छन् ।
लु २ ख ३५४० नम्वरको टिप्पर पल्टिदा टिप्परका चार र बाटोमा हिडेका चार जनालाइ ठक्कर दिँदा घाइते भएको प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
रैनादेवी छहरा -२, सोमादिको भर्लेमा भएको दुर्घटनाका घाइतेलाइ पाल्पा सदरमुकाम तानसेन पठाएको सोमादी सर्देवा प्रहरी चौकीले जनाएको छ । घाइते मध्य एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शिद्देश्वर स्थित चुनढुंगा खानीबाट सर्देवाबाट आउँदै गरेको टिप्परले बाटोमा हिडेका चार जना विधार्थीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । टिप्परले ठक्करले घर, आँगन र शौचालयमा क्षती पुगेको छ ।
घटनाको सम्बन्धमा थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)