Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा.चन्द्र भण्डारी : ‘चौथो प्रतिस्पर्धा,दोस्रो जित नजिक’

डा.चन्द्र भण्डारी : ‘चौथो प्रतिस्पर्धा,दोस्रो जित नजिक’

  • 3.3K
    SHARES

  • डा.चन्द्र भण्डारी : ‘चौथो प्रतिस्पर्धा,दोस्रो जित नजिक’

    बुटवल,मंसिर १ ।

    सत्ता गठबन्धनको साथ पाएका साझा उम्मेदवार हुन् नेपाली कांग्रेसका प्रभावशाली नेता  डा. चन्द्र भण्डारी । गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा भण्डारी कांग्रेसका युवा र प्रष्ट वक्ता मानिन्छन् । बिकासका पर्याय बनेका उनले नेपालमा  राष्ट्रियबादी एवं बाैद्धिक नेताको छवि बनाएका छन् ।

    पारिवारिक वातावरणका कारण किशोरकालदेखि नै राजनीतिमा रुचि राखेका उनी २०३३ बाट नेपाली कांग्रेसको गतिविधिमा सक्रिय हुन थाले ।

    २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । उनी २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा उप-सभापतिमा उठेर पराजित भए ।

    पंचायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर पाँच वर्ष जेल जीवन बिताएका डा. भण्डारी २०६४, २०७० र २०७४ को राष्ट्रिय निर्वाचनमा गुल्मी-२ बाट उम्मेदवार भएका थिए । तर उनी २०७० मा एक पटक मात्र विजयी बने ।congress gulmi.jpg

    २० वर्षदेखि एमालेले जित्दै आएको क्षेत्र कांग्रेसको पोल्टामा ल्याउन सफल भएका भण्डारी यसपटक सत्ता गठबन्धनको सहयोगमा इतिहास दोहोर्‍याउने अभियानमा छन् । चौथो पटक पनि उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता प्रदीप ज्ञवाली छन् ।

    गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुल्मी-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ । एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १६०० र एकीकृत समाजवादीले ४९७ मत पाएको छ ।sansad.jpg

    डा चन्द्र भण्डारीले पार्टीभन्दा माथि उठेर अखण्ड लुम्बिनीको नेतृत्व गरेर बुटवलमा बिशाल आमसभा गरेका थिए । र लुम्बिनी प्रदेशको अस्थित्वको रक्षा गरेका थिए ।

    स्थानीय चुनावको यो नतिजा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. भण्डारीका लागि चौथो प्रतिस्पर्धामा दोस्रो विजय निकाल्न अनुकूल समय देखिन्छ । यहाँबाट डा.भण्डारी र ज्ञवालीले आलाेपालाे चुनाव जित्दै आएका छन् ।

    डा. भण्डारीले नागरिक अनलाइनसंग भने -‘जनताका बिचमा पुग्दा जहाँ पुग्यो , त्यहीँ अपार मायाँ ,म प्रतिबद्ध छु, तपाईको सेवाको निमित्त ,मलाई नेता हुनुछैन, सेवक बन्न पाउँ सदैब तपाईंको ।’

    gulmi nc.jpg२०५६ सालको प्रतिनिधि सभामा चन्द्र केसीलाई हराएका ज्ञवालीले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भण्डारीलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराए । २०७४ को आम निर्वाचनमा फेरि ज्ञवालीले भण्डारीलाई निकटतम प्रतिद्वन्द्वीमा सीमित पारिदिएका थिए ।  sansad.jpg

    sansad.jpg

    यी समाचारहरु पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology