Logo बिहिवार, आश्विन १ गते २०८३
images

डेँगुका कारण रुपन्देहीका पत्रकार टेक मास्की रानाको निधन

डेँगुका कारण रुपन्देहीका पत्रकार टेक मास्की रानाको निधन

  • 2.4K
    SHARES

  • डेँगुका कारण रुपन्देहीका पत्रकार टेक मास्की रानाको निधन

    बुटवल,कात्तिक ९ ।

    रुपन्देहीका अग्रज पत्रकार टेक मास्की रानाको निधन भएको छ । रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका रानाको बुधबार बिहान निधन भएको पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताए ।

    राना लामो समयदेखि बिरामी थिए। उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको निधन भएको हो । उनी डेँगुसंगै मिर्गौला र जण्डिसका बिरामी थिए।

    उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि अन्नतः बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गरेका छन् । रानालाइ श्रद्धाञ्जली अर्पणका लागि बुधबार बिहान अस्पतालमा सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।

    पेशाप्रति बफादार ,सरल र लगनशिल रानाको निधनले पत्रकारिता क्षेत्रमा अपूर्णनीय क्षति पुगेको छ ।

    २ दशकभन्दा लामो पत्रकारिता गरेका मास्के नेपाल पत्रकार महासंघ,रुपन्देहीका पूर्व कार्यसमिति सदस्य,लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए । 

    रानाका अहिले एक छोरा र २ छोरी छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology