Logo बिहिवार, आश्विन १ गते २०८३
images

सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने

सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने

  • 1.2K
    SHARES

  • सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने

    काठमाडौं, असोज २७ ।

    निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जानकारी दिनुभएको हो ।

    आचारसंहिताका व्यवस्थाविपरीत कोही कसैले यस्तो कार्य गरेमा कानुनबमोजिम कारबाही हुने पनि आयोगले जनाएको छ ।

    निर्वाचन आचारसंसहता २०७९ को दफा ४ त मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेदखि मतदान नभएसम्म उम्मेदवार र राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोष्णा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

    साथै आचारसंहिताको दफा ४ को थ मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था छ ।

    सहायक प्रवक्ता भट्टराईले आचारसंहिताविपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको अनुगमनबाट पाइएको जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology