Logo बिहिवार, आश्विन १ गते २०८३
images

मोरङ ६ मा डा.शेखर कोइरालाले गरे मनोनयन दर्ता

मोरङ ६ मा डा.शेखर कोइरालाले गरे मनोनयन दर्ता

  • 1.5K
    SHARES

  • मोरङ ६ मा डा.शेखर कोइरालाले गरे मनोनयन दर्ता

    मोरङ,असाेज २३ ।

    मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मनोनयन दर्ता गरेका छन् ।

    उनी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् ।गठबन्धनको तर्फबाट प्रदेश सभामा क्षेत्र नम्बर ६ को क मा माओवादी नेता जीवन आचार्य र क्षेत्र नम्बर ६ को ख मा कांग्रेस नेता केदार कार्कीले मनोनयन दर्ता गरेका छन् ।

    एमालेबाट प्रतिनिधिसभा तर्फ लालबाबु पण्डित, प्रदेशसभा तर्फ ६ को क मा रिता न्यौपाने, ख मा पर्शुराम बस्नेतले मनोनयन दर्ता गरेका छन् ।

    क्षेत्र नम्बर ६ को ख मै एमालेसँग गठबन्धन गरेका जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र गुप्ताले पनि मनोनयन दर्ता गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology