Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘अब्बल ११ उद्यमी तिलोत्तमा’ घोषणा

‘अब्बल ११ उद्यमी तिलोत्तमा’ घोषणा

  • 1.8K
    SHARES

  • ‘अब्बल ११ उद्यमी तिलोत्तमा’ घोषणा

    बुटवल,भदाै १६ ।

    उद्यमशिल तिलोत्तमाको परिकल्पना सहित तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख दायित्व ग्रामीण उद्यम दु्रतीकरण कार्यक्रमअन्तर्गत अब्बल ११ उद्यमी तिलोत्तमा घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    ११ अब्बल उद्यमीहरुमा सरस्वती बन्जाडे ,बलरामकाफ्ले , नर बहादुर आले , यम कुमारी पौडेल, भगवती बश्याल ,रोहित सिंह आले ,मिनु थापा , चन्दा घिमिरे ,राधेश्याम लोध , दुर्गा भण्डारी ,विनाकुमारी पुन छनोटमा परेको दायित्वका लुम्बिनी प्रदेश कार्यक्रमव्यवस्थापक कमल थापाले बताउनुभयो ।

    प्रमुख रामकृष्ण खाणको प्रमुखआतिथ्य, नगर उपप्रमुख जगेश्वर देवी चौधरी तथाप्रमुखप्रशासकियअधिकृत नारायण अर्यालको विशिष्ट आतिथ्य, तथावडा अध्यक्षहरु, बैैक तथावित्तिय संस्थाकाप्रतिनीधिको आतिथ्य रहेको थियो । यस कार्यक्रममाप्राप्त ८५  आवेदनबाट सम्भावित २० उद्यमी छनोट गरिएको र त्यसपछि स्थलगतअवलोकन र मुल्याङकनबाट उद्यमीको विद्यमानउद्यम, श्रोत परिचालन, सिकाई र उद्यमसोचको आधारमाअब्बल ११ उद्यमीतिलोत्तमा छनोट गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology