Logo बिहिवार, आश्विन १ गते २०८३
images

७ जना प्लाज्मा डाेनरसहित ५० जनाले गरे बुटवलमा आकस्मिक रक्तदान

७ जना प्लाज्मा डाेनरसहित ५० जनाले गरे बुटवलमा आकस्मिक रक्तदान

  • 2.4K
    SHARES

  • ७ जना प्लाज्मा डाेनरसहित ५० जनाले गरे बुटवलमा आकस्मिक रक्तदान

    बुटवल,कार्तिक २०-

    रगतको मौज्दात घटेपछि बुटवलमा आकस्मिक रक्तदान गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रगत अभावपछि नेपाल स्वयम् सेवी रक्तदाता समाज रुपन्देहीले बुधबार आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेको अध्यक्ष कृष्णचाैहान क्षेत्रीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयाे ।

    रगतको अभाव हुन नदिनको लागि आकस्मिक रुपमा रक्त सञ्चार सेवा केन्द्रमै कार्यक्रम गरिएको र ७ जना प्लाज्मा सहित ५० जनाले आकस्मिक रक्तदान गरेको समाज रुपन्देहीका कार्यसमिति सदस्य आकाश पन्थले जानकारी दिनुभयो ।

    कोरोना भाईरस (कोभिड–१९)को महामारी र यहि बिचमा परेका चाडपर्वका कारण यो समयमा नियमित रुपमा रक्तदान कार्यक्रमहरु हुन सकेका छैनन् । जसका कारण रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) बुटवलमा रगतको मौज्दात कम भएको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।

    नेपाल रेडक्रस शोसाईटी रुपन्देही शाखाले सञ्चालन गरेको बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा सरदर ५ सय युनिट रगत मौज्दात रहने गर्दथ्यो । रक्त सञ्चार सेवा केन्द्र बुटवलकी प्राबिधिक राधा ज्ञवालीका अनुसार त्यस्तै दैनिक पनि सरदर सय युनिट रगत संकलन भइनै रहन्थ्यो । तर अहिले कोरोना भाईरस महामारी र यसकै बिचमा परेका चाडपर्वका कारण रक्तदानका कार्यक्रम पनि नियमित रुपमा हुन सकेका छैनन् ।

    एकातिर रगतको मौज्दात कम छ, त्यसमा पनि ‘ए’ पोजिटिभ र ‘एबी’ पोजिटिभ समुहको रगतको मौज्दात एकदमै कम रहेको उहाँले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology