Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

रोट्रयाक्ट क्लव अफ बुटवल रामापिथेकसको अध्यक्षमा बिष्णु घिमिरे

रोट्रयाक्ट क्लव अफ बुटवल रामापिथेकसको अध्यक्षमा बिष्णु घिमिरे

  • 1.7K
    SHARES

  • रोट्रयाक्ट क्लव अफ बुटवल रामापिथेकसको अध्यक्षमा बिष्णु घिमिरे

    बुटवल, साउन २९ । 

    रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको सातौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२१,२२ का अध्यक्ष बिजय कार्कीले एक बर्षमा गरेका कामहरुको समिक्षा गदै वर्ष २०२२-०२३ का अध्यक्ष बिष्णु घिमिरेलाई पद हस्तान्तरण गरे।

    वर्ष २०२२,२३ का अध्यक्ष बिष्णु घिमिरेले आफूले विगतका राम्रा कामहरुलाई निरन्तरता दिदै केही पृथक र फरक खालका कार्यक्रमहरु सन्चालन गर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्ब उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेलले रोट्याक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए ।

    वर्ष २०२३ का अध्यक्षले सारेका छाना खाना र नाना अभियान निकै महत्वपूर्ण अभियान भएको बताए । रुपन्देही बिकास निमार्णको कामले अरु जिल्लाको तुलनामा फड्को मारेको बताए । कार्यक्रममा रोटरी क्लब बुटबल डाउनटाउनका अध्यक्ष भरत राना, रोटरी डिष्ट्रीक क्लब चियर राजेन्द्र ढकाल, रोटयाक्ट क्लब अफ बुटबल रामापिथेकसका सस्थापक अध्यक्ष सरोज पोखरेल,रोटयाक्ट डिष्टीक बाट प्रकास पराजुलीले मन्तब्य राखेका थिए ।

    कार्यक्रममा क्लबका इलेक्ट अध्यक्ष निरज आचार्यको स्वागत मन्तब्य तथा सचिब पारास मरासिनि,सिद्धार्थ आचार्यको सन्चालन तथा बिजय कार्की तथा बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा क्लब नोमिन अध्यक्ष योगेन्द्र रायमाझीले धन्यबाद मन्तब्य राखे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology