Logo बिहिवार, आश्विन १ गते २०८३
images

तौलिहवामा शाइन रेसुंगा बैंकको शाखा शुभारम्भ

तौलिहवामा शाइन रेसुंगा बैंकको शाखा शुभारम्भ

  • 1.8K
    SHARES

  • तौलिहवामा शाइन रेसुंगा बैंकको  शाखा शुभारम्भ

    बुटवल जेठ २० ।

    शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडको नयां शाखा शुभारम्भ भएको छ । शुक्रवार एक कार्यक्रमका बीच कपिलवस्तुको तौलिहवामा बैंकको नयां शाखा शुभारम्भ भएको हो ।

    बुटवलमा केन्द्रिय कार्यालय रहेको राष्ट्रियस्तरको शाइन रेसुंगाको योसंगै देशैभरि ८४ शाखा संचालनमा आएका छन् ।नयां शाखाको उद्घाटन गर्दै कपिलवस्तु नगरपालीकाका प्रमुख सुदीप पौडेलले तौलिहवाको विकासमा वित्तिय संस्थाको सहभागिता र उपस्थितीले ठुलो महत्व राख्ने बताए ।

    उनले लुम्बिनी प्रदेशमै केन्द्रिय कार्यालय रही राष्ट्रियस्तरको इजाजत प्राप्त शाइन रेसुंगा बैंकसंग वित्तिय बाहेक सामाजिक उत्तरदायित्वका कार्यक्रममा पनि नगरपालीका सहकार्य गरेर अघि बढ्ने बताए ।

    साथै वित्तिय क्षेत्रमा हरेक नगरवासीको पहुंचका लागि बैंकको भुमिका अहम् रहने उनले जनाए ।त्यस्तै, कार्यक्रममा बोल्दै तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले वित्तिय क्षेत्रले उद्योगी व्यावसायीका मर्म बुझेर सस्तो व्याजदरमा क्रृण प्रवाह गर्न सक्नुपर्ने बताए ।

    पछिल्लो समय भइरहेको अनौपचारिक आर्थिक क्षेत्रको बैंकिड कारोवारलाई औपचारिक वित्तिय सेवा प्रभाहमा ल्याउन उनले सुझाव दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले तौहिलवामा बैंकको आवश्यकता बुझेर नै आफुहरुले नयां शाखा संचालनमा ल्याएको बताए । उनले रुपन्देहीका रहेको केन्द्रिय कार्यालयदेखि तौलिहवा टाढा नपर्ने भन्दै ग्राहकका गुनासा सुनुवाई र प्रभावकारी वित्तिय सेवाका लागि आफुहरु तत्पर रहेको बताए ।

    बैंकका अध्यक्ष थानेश्वर पौडेलले तौलिहवाले हरेक क्षेत्रको विकासमा फड्को मारेको भन्दै शाइन रेसुंगाले नगरपालीकासंग सहकार्य गरी बैंकका विभिन्न कार्यक्रममा सामाजिक हातेमालो गरेर अघि बढ्ने बताए ।

    उनले महिला उद्यम, युवा स्वरोजगारका कार्यक्रममका लागि बैंकले सहकार्य गरिरहेकामा तौलिहवामा समेत उक्त कार्यमा अहम् भुमिका निर्वाह गरी ग्राहकबीच बैंकको शाख उचो राख्ने प्रयासमा संचालक समिती र कर्मचारी प्रतिबद्ध रहेको जनाए । 

    बैंकले तौलिहवा शाखाको शुभारम्भ संगै सामाजिक उत्तरदायित्व बहन गर्दै त्यहांस्थित तौलेश्वर महादेव मन्दिरको दुईवटा मुल ढोकामा गजुर राख्ने निर्णय समेत गरेको छ ।

    अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी  निक्षेपकर्ता र १४ हजार  ५ सय बढी ऋणी रहेका छन् । IMG-20220603-WA0005.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology