गुल्मी,बैशाख २७ ।
गुल्मीको रूरू क्षेत्र गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका साझा उम्मेदवार यदु ज्ञवाली सन्ताेषले युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गरेर रोक्नुपर्ने बताएका छन् ।
यसअघि निर्वाचनमा पराजय भाेगेका यदु निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील रहिरहे । यसपटक फेरि गाउँपालिका हाँक्ने दाैडमा छन् ।
उनले आफूले योजना तयार पारेको त्यसका लागि चुनावमा आफूलाइ जिताउन आग्रह गरे । माओवादी केन्द्रका युवा नेता ज्ञवालीले नागरिक अनलाइसंग भने -‘ मुख्य एजेन्डा पशुपालन , कृषि ,शिक्षा र रोजगारी हो ।’ विकास र समृद्धिलाई अगाडि सारिरहदा “एउटा पुर्वाधार विकास र अर्को रोजगारी ” त्यसकारण हामीले पुर्वाधार विकास संगै रोजगारीलाई प्राथमिकतामा राखेका छौँ ।
कसरी धेरै भन्दा धेरै रोजगारीका अवसर सिर्जना गरेर गाउँका युवा संगै अन्य नागरिकलाई रोजगारी दिएर गाउँमै राख्न सकिन्छ भन्ने मा हामी लागेको उनले सुनाए ।
रोजगारी सिर्जना गर्नको लागि आर्थिक व्यवस्थापन गर्दै कृषि तथा पशुपालनका योजना अगाडी बढाउने र कृषि र पशुपालन बाटै रोजगारी सिर्जना गर्ने उनले बताए । साथै कृषि ,पशुपालनले रोजगारी प्रदान गर्ने र रोजगारीले गाउँको समृद्धि हुने ज्ञवालीको बुझाई रहेको छ ।
त्यस्तै शिक्षा समाजको मेरुदण्ड रहेको बताउदै गुणस्तरीय शिक्षाकै लागि मानिसहरु बसाइँसराइ सर्ने समस्या रहेको उल्लेख गर्दै शिक्षालाई गुणस्तरीय बनाउने आफ्नो योजना रहेको सुनाए ।
उनी भन्छन् “जनताका कसैको पेवा र रैति होईनन् उनीहरु सधैँ एउटै दलको झण्डा मुनि बस्दैनन्,यसपटक सहि निर्णय गर्छन् ।’ २०७४ सालको चुनाव हारे पनि रूरू क्षेत्र गाउँपालिकाका जनताको विकास र समृद्धिको लागी अनवरत रुपमा खटेको भन्दै यस पटक यहाँका जनताले मत दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
रूरूमा कांग्रेस-माओबादी तालमेल छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)