बुटवल,बैशाख ८ ।
दायित्वको आयोजना र तिलोत्तमा नरपालिकाको सहकार्यमा जारी ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम द्रूतिकरण कार्यक्रम’ बाट दोस्रो पटक उत्कृष्ट उद्यमी छानिने भएका छन् ।
यस भन्दा पहिला एक जना उत्कृष्ट उद्यमी छनौट गरी पुरस्कृत गरिएकोमा दास्रो चरण अन्र्तगत करिव ७ महिना पश्चात १ जना उद्यमी छनौट गर्न लागिएको हो । दायित्व परियोजना लुम्बिनी प्रदेश संयोजक कमल थापाका अनुसार सुरुवाती चरणमा १ सय २५ जना उद्यमीहरुबाट १० जना उद्यमी छनौट गरिएको छ ।
१० जना उद्यमीहरुबाट १० गते एक जना उद्यमी छनौट हुदै छन् । विषय विशेषज्ञको मुल्यांकन, उद्यमीको प्रस्तुतीकरणबाट उत्कृष्ट उद्यमी छनौट गरी १ लाख पुरस्कार प्रदान गरिने दायित्व प्रदेश प्रमुख कमल थापाको भनाई रहेको छ ।
ग्रामीण उद्यमी दृत्रिकरण कार्यक्रम संयोजक सञ्जलय पोखरेलका अनुसार उत्कृष्ट १० जनामा परेका उद्यमीलाई २५ हजार रुपैयाँ नगद पुरस्कृत समेत गरिएको छ ।
अव १० जनाले आफ्नो उद्यमको अवस्था, अगामी योजना सहितको १०-१० मिनेटको प्रस्तुतीकरण मुल कार्यक्रममा प्रस्तुत गर्ने छन् ।
जसबाट उत्कृष्ठलाई नगर प्रमुख उद्यमी सम्मान सहित १ लाख रुपैयाँ प्रदान गरिने छ । यो पटक १० जना उत्कृष्ट उद्यमीमा पशुपालक किसान, ढाका कपडा उद्योगी, चाउचाउ तथा चाउमिन उत्पादन उद्योगी, अचार उद्यमी, कृषि फार्म सञ्चालहरु परेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)