Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा नियमित  रक्तदान तथा भित्तेपात्रो विमोचन

बुटवलमा नियमित  रक्तदान तथा भित्तेपात्रो विमोचन

  • 2.3K
    SHARES

  • बुटवलमा नियमित  रक्तदान तथा भित्तेपात्रो विमोचन

    बुटवल,चैत १९ ।

    नेपाल नियमित रक्तदाता संघले बुटवलमा रक्तदान तथा भित्ते पात्रो बिमाेचन गरेको छ।

    नेपाल नियमित रक्तदाता संघ का अध्यक्ष दया बहादुर सिलवाल  को अध्यक्षता,रुपन्देही औषधि व्यवसाय संघ का अध्यक्ष सुरज भट्टराईको प्रमुक आथित्यता, नेपाल नियमित रक्तदाता का संरक्षक मृगेन्द्र कुमार शेरचनको विशिष्ट आतिथ्यता ,नेपाल नियमित रक्तदाता का प्रमुख सल्लाहकार विमल बहादुर शाक्री,सल्लाहकार सुरेन्द्र कुमार  शाक्यको आतिथ्यता,सल्लाहकार लेखनाथ न्यौपाने सल्लाहकार राजकुमार श्रेष्ठ ,सल्लाहकार रुद्र हरि कुवर सल्लाहकार भिमसेन श्रेष्ठ आर्थिक सल्लाहकार आन्नद कुमार श्रेष्ठ ,नेपाल नियमित रक्तदाता संघका कोषाध्यक्ष दिपक अधिकारि,राजेस गैरे,मन्जु गिरि,भाष्कर शाही,,असेस सिलवाल,राजु रसाइली ,चरङे युवा क्लबका अध्यक्ष बिष्णु वाग्ले कोआतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
    टोल टोलमा रक्तदान ,एक घर एक रक्तदाता ,रक्तदान जीवन दान,जति धेरै रगत त्यति धेरै जीवन भने मुल मन्त्रलाई लिएर अगाडि बढेको र रक्तदान जस्तो पवित्र कार्यमा लाग्न बोल्ने वक्ताले बताए।

    स्वर्गीय बन्दिको अनुयायी भएको  हरपल यस्ता कार्यक्रम प्रत्येक तीन तीन महिना रगत दान गर्न युवाहरूलाई आग्रह गर्दै अगाडि जानू पर्ने कुरा बोल्ने बताउनु भयो। कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका सदस्य तथा कार्यक्रम संयोजमा,दिपक अधिकारि को स्वागत र नेपाल नियमित रक्तदाता का महा सचीव  महेश खनालको संचालनमा कार्यक्रम सम्पन्न भयो। वार्षिक रुपैया साइन रेसुङा विकास बैंकले  सहयोग गरेको छ।

    विस २०६१ सालमा सरोज सिलवाल बन्दिले स्थापना गरेको संस्था निरन्तररूपमा रगत व्यवस्थापन र रक्तदान गराउदै आएको नेपालको पहिलो रक्तदान गराउने संस्था हो।

    सिलवाल रगत व्यवस्थापनमै लाग्दै गर्दा सडक दुर्घटनामा विस२०६४ सालमा देहावसान भयो। नेपाल नियमित रक्तदाता संघ ले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता  रक्तदान गर्ने गर्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology