बुटवल,कार्तिक १-
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा अन्तर्गत ओमसतिया शाखा गठन भएकाे छ ।
उपाध्यक्ष भीष्म केसीको पहलमा गिरिजा शाही ठकुरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएकाे हाे । आजै आज रक्तदान कार्यक्रम समेत भएकाे छ । त्यस्तै दशै तिहारकाे शुभकामना आदानप्रदान कार्यक्रम भएकाे जिल्ला अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
ओमसतिया गाउँपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष बेल बहादुर बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ५० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र भैरहवाका ल्याब ईन्चार्ज केशर सिंह गाहाले ओमसतिया शाखा गठनसंगै यस क्षेत्रमा अब रगत अभाव नहुने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि बेलबहादुर बरालले नेपाल स्वयंसेवी रक्तदाता समाज ओमसतिया शाखालाई सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)