बुटवल,चैत्र १३ ।
रूपन्देहीको बुटवल १२ बाट एक महिला सम्पर्कबिहीन भएकी छन् । ५० बर्षिया मनकुमारी पौडेल क्षेत्री चैत्र ६ गते बिहीबारबिहान ६ बजे घरबाट निस्किएको र घर नफर्किएको परिवारजनले जनाएको छ ।
बुटवल १२ दुर्गानगर टोलमा बस्दै आएकी उनी घर नफर्केपछि परिवारजन चिन्तामा परेका छन् । उनीहरूले नातागोता सबैतिर खोजी गरेपनि कतै फेला नपरेकोले प्रहरीमा समेत जानकारी गराएका छन् ।
कसैले फेला पारेमा 9857036778 छोरी सुष्मा थारुलाइ खबर गरिदनपनि उनीहरूको अपील छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)