Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनआरएनए महाधिवेशनः शेष घलेले डाके तयारी छलफल

एनआरएनए महाधिवेशनः शेष घलेले डाके तयारी छलफल

  • 1.7K
    SHARES

  • एनआरएनए महाधिवेशनः शेष घलेले डाके तयारी छलफल

    बुटवल,चैत ५ ।

    एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । महाधिवेशनको तयारीका लागि राजधानीमै रहेका उनले निर्वाचन तयारी समिति संयोजक सोनाम लामाको निवासमा बोलाएको भेलामा एनआरएनए पदाधिकारी तथा आकांक्षीहरु र विभिन्न देशबाट आएका अभियान्ता सहभागी थिए ।

    वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएपछि विभाजनको संघारमा पुगेको भन्दै घलेले हस्तक्षेप गरी लामाको संयोजकत्वमा चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भौतिक उपस्थितीमा हुने महाधिवेशनका लागि समिति बनाएका थिए ।
    सोही समितिमार्फत भएको तयारीका गतिविधिबारे जानकारी लिन उनले भेला डाकेका हुन् । भेलामा एनआरएनए पदाधिकारीहरुका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा केशव पौडेललगायत सहभागी थिए ।
    भेलामा प्रमुख संरक्षक घलेले तोकिएकै समयमा राजधानीमा निर्वाचन हुने भन्दै सहभागीता र आवश्यक तयारीका लागि निर्देशन दिएको डा पौडेलले जानकारी दिए ।

    उनले सबै पक्षलाई सहभागीताका लागि आग्रह गरेका थिए । महाधिवेशनको मिति नजिकिएसँगै राजधानीमा एनआरएनए अगुवाहरु भित्रने क्रम जारी छ । हाल एनआरएनए अध्यक्ष कुमार पन्त तथा पूर्व अध्यक्ष जीवा लामिछानेलगायत पनि राजधानीमै छन् । घलेले सबै पक्षलाई समेट्न अधिकतम प्रयास जारी राखेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology