Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा‘आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षण ’समापन 

लुम्बिनीमा‘आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षण ’समापन 

  • 2.8K
    SHARES

  • लुम्बिनीमा‘आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षण ’समापन 

    बुटवल,चैत्र २ ।

    लुम्बिनीमा आयोजित २ दिने आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यमा शुभारम्भ भएको थियो ।

    दायित्वले लुम्बिनी प्रदेशभित्रका तीन पालिकाहरु (मुसिकोट, सुनवल र तिलोत्तमा) का नगरप्रमुख, उपप्रमुख, राष्ट्रसेवक तथा जनप्रतिनीधिहरुको आर्थिक सुशासन तथा नीगित नेतृत्व क्षमता सबलीकरण गर्ने उद्देश्यले तालिम चलाएको थियो ।

    युवा रोजगारीलाई प्रबद्र्धन गर्नका लागि स्थानिय सरकारहरुले आप्mना समुदायहरुमा सक्रिय भूमिका खेल्न सकुन भन्ने उद्देश्यले पालिका तहका सरकारको नीतिगत नेतृत्वलाई सुदृढीकरण गर्दै ग्रामीण युवाको रोजगारमा सुधारमार्फत नेपालको समावेशी आर्थिक वृद्धिलाई थप गति प्रदान गर्ने अभिप्रायसहित कार्यक्रम संयोजन गरिएको संयोजक कमल थापाले नागरिक अनलाइनलाइ जानकारी दिए । 
    तीन चरणमा आयोजना गर्ने गरी ६ भागमा बाँडिएको प्रशिक्षण कार्यक्रमको पोखरा (पहिलो र दोस्रो), धुलीखेल (तेस्रो र चौथो) तथा लुम्बिनीमा (५ र ६औं) भाग आयोजना गरिएको हो । पोखरामा अर्थ राजनीतिको चित्रण र अनुकुलनीय नेतृत्वको मूलतत्व र धुलिखेलमास्थानिय शासनको आर्थिक दृष्टिकोणको आकारीकरण रसार्वजनिक सेवा प्रवाहको कार्यसम्पादनको सुदृढिकरण रहेको थियो भने लुम्बिनीमा आयोजित प्रशिक्षणमा भने नीति कार्यान्वयनका बहुआयामिकता र शासकीय नवप्रवर्तनका दिगो निरन्तरतालाई विषयमा केन्द्रीत थियो । 
    प्रशिक्षणका विभिन्न सत्रहरु नेपाल सरकारका पूर्व सचिवहरु कृष्ण ज्ञवाली, शरदचन्द्र पौैडेल, कृष्णहरी बाँसकोटा, पूर्णचन्द्र भट्टराई, संचारकर्मी एवं अधिकारकर्मी नम्रता शर्मा, जलवायु संरक्षण अभियन्ता सिलसिला आचार्य, मुटुरोग विशेषज्ञ भगवान कोइराला र दायित्वका अध्यक्ष डा. पुकार मल्लद्वारा सहजीकरण गरिएको थियो ।

    दुई दिनका दौरान सहभागीहरुलाई निम्न विषयहरु (असल सार्वजनिक नीति, सार्वजनिक सेवामा व्यावहारिक दृष्टिकोण, आन्तरिक युवा रोजगारी, कानुन र स्थानिय विकास, संघीयताको आर्थिक परिकल्पना, तथ्यमा आधारित नीति निर्माण, सार्वजनिक नीति साझेदारी, स्थानिय सरकार वित्त व्यवस्थापन, सदाचार संस्कृति आर्थिक सुशासन, अर्थ राजनीति दृष्टिकोण र विश्लेषण, समावेशी नगर सुशासन अनुकुलनीय नेतृत्व, नेतृत्वकर्ताको परिचय, नवप्रवर्तनको नेतृत्व, आत्मप्रेरणा र समानुभूति, सेवा मानसिकता, वातावरणीय सुशासन, लैंगिक उत्तरदायि बजेट, दिगाविकास लक्ष्यहरुको स्थानीयकरण, सकारात्मक दृष्टिकोणको विकास राज्यको क्षमता निर्माण) मा प्रशिक्षित गरिएको अध्यक्ष डा.पुकार मल्लले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology