बुटवल,पुस १८ ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले एकैपटक ९ वटा अवार्ड प्राप्त गरेको छ । एक्सपर्ट अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको हाे । अष्ट्रेलियामा रहेका ७ विश्वविद्यालय र कलेज २ बाट गरी ९ वटा अवार्ड प्राप्त गरेर अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको हो । बुधबार कलेजले विज्ञप्तीमार्फत सम्मानित भएको जानकारी दिएको छ ।
एक्सपर्ट एजुकेसनका निर्देशक रोशन कंडेलले विज्ञप्ती जारी गर्दै आफ्नो मिहिनेतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरुमार्फत प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताए ।
एक्सपर्टले टोरेन्स युनिभर्सिटी : प्लाटिनम एजेन्ट–२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान–२०२१, कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ कम्युनिटी इन्गेजमेन्ट-साउथ एशिया, एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स ग्लोबल, इडिथ काउन युनिभर्सिटी स् लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल , होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट–२०२१ वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसप्रकारका अवार्डहरुले आफुहरुलाइ निरन्तर हौसला मिल्दै आएको कंडेलले नागरिक अनलायलाई बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)