बुटवल, पुस १२।
बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा आउने दर्शकको आकर्षण सेल्फीजोनमा हुने गरेको छ । दर्शकलाई नयांपन दिन मेलास्थलमा विभिन्न जाति, धर्म, संस्कृति र परम्परा झल्कने १५ थरिका सेल्फी स्पट बनाइएको छ ।
मेला अवलोकन गर्न आएका दर्शकहरुले फरक फरक सेल्फी जोनमा फोटो खिचेर रमाउने गरेका छन् । यस्तै मेलास्थलमा रहेका ११ थरिका देवीदेवताका मुर्ति, नेपालकै नमूना नर्सरी गुप्ता नर्सरीको फूलले हराभरा स्टलमा पनि दर्शकले फोटो खिचाउने गरेका छन् ।
मेला सञ्चालन भएको चौथो दिनसम्म करिब एकलाख दर्शकले मेला अवलोकन गरेका आयोजकले जनाएका छन् । मेला आयोजक उद्योग ब्यापार संघ बुटवलका महासचिव पदम जीसीका अनुसार आइतबारसम्म करिब एक लाख दर्शकले मेला अवलोकन गरेका र ६ करोड बढीको कारोबार भएको छ ।
;साेमबार राष्ट्रिय र स्थानीय गरी एक दर्जन कलाकारको सांगितिक प्रस्तुति रहेको प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए ।
स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ आयोजित मेला पुस २० गतेसम्म चल्ने छ । मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)