Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

बुटवलमा भाेलिदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी,तयारी पूरा

बुटवलमा भाेलिदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी,तयारी पूरा

  • 2.2K
    SHARES

  • बुटवलमा भाेलिदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी,तयारी पूरा

    बुटवल, पुस ७। 

    बुटवलमा बुधबार पुस ८ गतेदेखि सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पूरा भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म मेला सञ्चालन हुने मेलाको  बिहीबार दिउसो २ बजे उद्घाटन हुने भएको हो ।

    मेलाका अवलोकनकर्ता र अतिथिहरुलाई अटोमेटिक टनेलबाट स्यानिटाइजर र मास्क अनिवार्य गरेर प्रवेश गराउने आयोजकले व्यवस्था गरेका छन् ।  ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ सञ्चालन हुने मेलाको दिउसो २ बजेपछि उद्घाटन गरिने आयोजक उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बताए । उद्घाटनअघि बिहीबार बिहान बुटवल देवीनगर चौपारीबाट झांकीसहितको ¥याली निकालिने अध्यक्ष गैरेको भनाई छ । मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र  पर्यटनका  करिब ४ सय ७० स्टल रहने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए ।

    मेलामा महिला उद्यमी,हस्तकला,कृषि र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको उनको भनाई छ । मेला सम्पन्न गर्न अस्थायी संरचनाहरु निर्माणमा ८० लाखदेखि १ करोडसम्म खर्च हुने र मेलामा रहने मेला अवधिभर  करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । दुई वर्षसम्म मेला महोत्सव नभएकाले यो मेलामा दर्शकको उत्साहजनक उपस्थिति रहने र ५ लाख बढी दर्शक सहभागी हुने अपेक्षा रहेको उनले बताए ।  मेलामा मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहने सांस्कृतिक संयोजक यमलाल मरासिनीले बताए ।  दुई वर्षसम्म मेला महोत्सव नहुंदा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र नेपाली कला संस्कृति संरक्षण तथा पर्यटन पवद्र्धनमा  ब्यापार मेलाले  टेवा पु¥याउने प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology