Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलमा दुईदिने सिर्जनशील चित्रकला प्रर्दशनी शुरू

बुटवलमा दुईदिने सिर्जनशील चित्रकला प्रर्दशनी शुरू

  • 3.1K
    SHARES

  • बुटवलमा दुईदिने सिर्जनशील चित्रकला प्रर्दशनी शुरू

    बुटवल,कात्तिक १४ । 

    बुटवलमा सिर्जनशील चित्रकला प्रर्दशनी शुरू भएको छ । २ दिनसम्म संचालन हुने चित्रकला प्रर्दशनीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले एक समारोहबिच उद्घाटन गरे।

    उनले कला संस्कृतिको सम्मान र संरक्षणका लागि बुटवलले नमुना कार्यको थालनी गरेको बताए ।chitrakalaa (2).jpg

    उनले नगरमा बुटवल प्रज्ञा परिषद् बनाएर काम गरिएको बताए । उनले समयमै कला संस्कृतिको संरक्षण र जगेर्ना गर्न नसके ठूलाे समस्या निम्तिन सक्ने बताए ।

    बुटवल उपमहानगर भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान अन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यवसायिक कलाकार संघ,रुपन्देहीसँगको सहकार्यमा चित्रकला प्रर्दशनी भएको हाे । प्रदर्शनीमा चित्रकला सम्बन्धि विषयवस्तु सुमित्रा रानाले प्रस्तुत गरिन् ।

    साे अवसरमा बाेल्दै उपमहानगरकी उपमेयर गाेमादेबी आचार्यले परिषदको सक्रियताको प्रशंसा गरिन् । उनले संस्कार र संस्कृतिको जगेर्नामा लाग्नुपर्ने धारणा राखिन् ।

    प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता तथा प्रतिष्ठानका सचिब दलबहादुर गुरुङको संचालनमा उद्घाटन कार्यक्रम भएको हो ।साे अवसरमा कला तथा अनुसन्धान विभागका सदस्यहरु झविन्द्र थापा,बेनप्रसाद थापा लगायलते बाेलेका थिए ।

    चित्रकला प्रर्दशनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका छन् । बुटवलको न्यु इरा होटलमा शुरू भएको चित्रकला प्रर्दशनीमा निशुल्क प्रबेशको ब्यबस्था मिलाइएको छ । chitrakalaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology