Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण,७७ हजार ८१७ पुगे संक्रमित

नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण,७७ हजार ८१७ पुगे संक्रमित

  • 2.0K
    SHARES

  • नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण,७७ हजार ८१७ पुगे संक्रमित

    बुटवल,असोज १४ -

    पछिल्लो २४ घण्टामा १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

    हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन्।

    आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप १०५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५६ हजार ४२८ जना संक्रमित उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology