Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनआरएनए आइसीसी मध्यपूर्व संयोजकमा कतारबाट होमनाथले उम्मेदवारी दिने

एनआरएनए आइसीसी मध्यपूर्व संयोजकमा कतारबाट होमनाथले उम्मेदवारी दिने

  • 1.2K
    SHARES

  • एनआरएनए आइसीसी मध्यपूर्व संयोजकमा कतारबाट होमनाथले उम्मेदवारी दिने

    दोहा,असोज ९ ।

     गैरआवाशिय नेपाली संघ एनआरएनए को १० औं महाधिवेशनमा मध्यपुर्ब संयोजक पदका लागी कतारबाट होमनाथ शर्माले उम्मेदवारी दिने भएका छन ।

    नेपालमा रहदा शिक्षक पेसाको अनुभव देखि करीब साढे दुईदशक देखि मध्यपुर्बमा एक श्रमिक तथा सामाजिक संस्थागत आबद्धता रहेर समाज सेवामा निरन्तर खटिएका शर्माले आगामी १० औं महाधिवेशनमा मध्यपुर्ब संयोजक पदमा आफुले उम्मेदवारी दिने समाजिक संजालमा सार्वजनिक गरेका छन ।

    अन्तर्राष्ट्रिय बाग्लुङ समाजको संस्थापक अध्यक्ष हुँदै हाल संरक्षक रहेका शर्मा बिदेशमा कमाएको बचत अनि सिकेको ज्ञान र सीप लाई स्वदेशमा सहि सदुपयोग हुने गरि निति निर्माणमा पहल गर्ने समेत नागरिक अनलाइनलाइ बताए ।

    शर्माले प्रवासमा रहेको जिल्ला संस्था बागलुङ सेवा समाज, नेकपा माओबादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतिशिल मञ्च कतार ,गण्डकी प्रदेश समन्वय परिषद,एनआरएन ए को पहिलो कार्यकाल २००३ देखि २००५ को निर्बाचित परिषद सदस्य साथै एनआरएनए एनसिसि कतारको कार्यसमिति सदस्य देखि सल्लाहकार हुँदै हाल आई सी सी सदस्य पदमा रही कार्य गरेको अनुभब बटुलेका छन ।

    सामाजिक संस्थाहरुमा मन खोलेर आर्थिक सामाजिक सहयोग गर्ने सहयोगी मनका धनिका रुपमा कतारमा चिनिएका शर्माले आफुले मध्यपुर्ब संयोजकमा किन उम्मेदवारी दिनेभन्ने एजेन्डाहरू पनि प्रस्तुत गरेका छन ।

    उनले आफु भोलि निर्वाचित भएको खण्डमा मध्यपुर्बमा संस्थाको गिर्दो शाख माथि उठाउन, हराएका एनसिसीहरूलाइ पुनः जगाउन,श्रमिकका कानुनी अधिकार, न्याय र सुविधा सुरक्षित र सुनिश्चित पार्न,वैदेशिक रोजगारमा कानुनको अक्षरशः कार्यान्वय गर्न गराउन,वैदेशिक रोजगारमा बिद्यमान न्याय प्रणाली सुधार्न र पीडितको उद्धार र क्षतिपूर्तिमा प्रभावकारी तुल्याउन श्रमिक सचेतना, शिप अभिबृद्धी गर्दै वृत्ति बिकासमा सघाउन,संस्थालाइ कामदारमैत्री बनाउन र श्रमिक सहभागिता बढाउन शुल्क घटाउन, सदस्यता संधै खुला राख्न ,संस्थालाइ पुर्ण पारदर्शी र बिधि बिधानसम्मत सञ्चालन गर्न पद्धति सुधार्न,प्रत्येक पीडितका केशमा पीडक र पीडाका कारण खोज्दै तिनलाइ निर्मुल पार्न आदि शर्माका एजेन्डाहरू रहेको उनले बताएका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology