Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि

  • 1.5K
    SHARES

  • पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,भदाै २३ । 

    पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७  जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४०  जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१  जना निको भएका छन् ।बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ । तीमध्ये १० हजार ८८९ जनाको मृत्यु भएको छ भने ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेका छन् । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology