Logo बिहिवार, आश्विन १ गते २०८३
images

काँग्रेस नेता मोहम्मद आफताव आलमको मुद्दामा भएन सुनुवाइ

काँग्रेस नेता मोहम्मद आफताव आलमको मुद्दामा भएन सुनुवाइ

  • 2.2K
    SHARES

  • काँग्रेस नेता मोहम्मद आफताव आलमको मुद्दामा भएन सुनुवाइ

    बुटवल,भदौ ११ ।

    नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन । बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा शुक्रबार पनि सुनुवाई नभई थन्किएको हो ।

    विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

    रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

    आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए । रौतहटबाट प्रतिनिधिसभा निर्वाचनमा समेत विजयी भएका उनी पक्राउ परेपछि उनको सांसद पद निलम्बन गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology