Logo बिहिवार, आश्विन १ गते २०८३
images

दायित्वको उद्यमी छनोटमा घर्ती र थापा बने उत्कृष्ट

दायित्वको उद्यमी छनोटमा घर्ती र थापा बने उत्कृष्ट

  • 3.4K
    SHARES

  • दायित्वको उद्यमी छनोटमा घर्ती र थापा बने उत्कृष्ट

    कौरव खत्री /गुल्मी,साउन १६ ।

    गुल्मीको मुसिकोट नगरपालिकामा दायित्वले  प्रतियोगिताबाट उत्कृष्ट उद्यमीहरुको छनोट गरि घोषणा गरेको छ ।

    मुसिकोट नगरपालिका र दायित्वको साझेदारीमा सञ्चालित नगरप्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत उद्यम योजना तथा लगानी प्रस्तुती प्रतियोगिताबाट मुसिकोटमा उत्कृष्ट २ जना उद्यमी छनोट गरिएको हो ।

    नगरप्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत करिव ९ महिना समय लगाएर शुरु चरणबाटै मुसिकोट नगरपालिकाभित्र रहेका १ सय २५ उद्यमी छनोट गरी उत्कृष्ट ४०, उत्कृष्ट २०, उत्कृष्ट १० हुँदै उत्कृष्ट २ उद्यमी घोषणा गरिएको हो ।

    प्रतिस्पर्धाका सबै चरणहरु पार गरि  मुसिकोट नगरपालिका १ का दिपशिखा कृषि तथा पशुपंछी फार्मका सञ्चालक उद्यमी देब बहादुर घर्ति र मुसिकोट नगरपालिका ७ थापा तरकारी तथा पल्ट्री फार्मका सञ्चालक दुर्गा थापा गरि २ जना उत्कृष्ट उद्यमीको रुपमा घोषित भएका छन् ।

    प्रतिस्पर्धाका उत्कृष्ट १० जना उद्यमीलाई जनही ५०÷५० हजार र उत्कृष्ट २ जना उद्यमीलाई प्रतिव्यक्ति १÷१ लाख नगद सहित पुरस्कृत गरिएको छ । साथै कृषिको क्षेत्रमा केही नँयापन गरेरै आफू उत्कृष्ट बनेको उत्कृष्ट उद्यमी दुर्गा थापाले बताइन । 

    त्यस्तै दायित्वले आफूलाई अँध्यारोबाट उज्यालोमा ल्याएर व्यवस्थित तरिकाले कृषि उद्यममा लाग्ने प्ररेणा र  निरन्तर कृषि उद्यमप्रतिको लगावले आज सफलता हासिल गरेको उत्कृष्ट उद्यमी देव बहादुर घर्तिले बताए ।

    ग्रामीण क्षेत्रमा उद्यम गरिरहेका कृषकहरुको सीप,सोच र अनुभवलाई प्रोत्साहन गरी भनसुन र पँहुचवालाहरुलाई मात्रै अनुदान दिने परम्परालाई निरुत्साहित गर्न प्रतियोगिता मार्फत उत्कृष्ट उद्यमी छनोट गरिएको दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले बताए । 

    मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले कृषकहरुबीच प्रतियोगिता गराई उत्कृष्ट उद्यमी छनोट गर्ने गरी दायित्वसँग गरिएको सहकार्य साँच्चिकै नौलो र नमुना अभ्यास भएको बताए ।
    त्यस्तै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।

    “अनुदानमा आधारित कार्यक्रमले उद्यमीलाई केवल अनुदान केन्द्रीत योजना बनाउने मात्रै देखियो सापकोटाले भने, तर प्रतिष्पर्धाको माध्यमबाट आएका उद्यमीहरु आत्मनिर्भर र स्वावलम्बन,सीप र दक्षतासगैं आर्थिक पक्ष व्यवस्थापनका पाटोमा सहयोग पुगेको बताए ।

    मुसिकोट नगरपालिकाले अनुदानमा परनिर्भरता रोक्न नगरपालिकाभित्र रहेका कृषि उद्यमीहरुबीच मुसिकोटमा पहिलो पल्ट नयाँ अभ्यास र नयाँ अनुभव सहित थालेको उक्त प्रतिस्पर्धाले कृषकहरुमा सीप,क्षमता र दक्षता वृद्धिमा समेत सहयोग पु¥याउने विश्वास गरिएको छ ।day.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology