Logo बिहिवार, आश्विन १ गते २०८३
images

उत्कृष्ट १० उद्यमी युवाहरूसँग मुसिकोटमा दायित्वको अन्तरक्रिया

उत्कृष्ट १० उद्यमी युवाहरूसँग मुसिकोटमा दायित्वको अन्तरक्रिया

  • 2.8K
    SHARES

  • उत्कृष्ट १० उद्यमी युवाहरूसँग मुसिकोटमा दायित्वको अन्तरक्रिया

    कौरव खत्री/गुल्मी साउन ३  -

    गुल्मीको मुसिकोट नगरपालिकामा छनौट भएका उत्कृष्ट १० उद्यमी र युवाहरुका बिच अन्तरक्रिया शनिवार सम्पन्न भएको छ ।

    दायित्वले उद्यमशिल नेपालको परिकल्पना सहित मुसिकोट नगरपालिकासंगको फ साझेदारीमा उद्यमशिल मुसिकोट निर्माणको उद्देश्यले सञ्चालित नगर प्रमुख दायित्व ग्रामीण उद्यम दु्रतिकरण कार्यक्रम अन्तर्गत् छनौट गरिएका उत्कृष्ट १० उद्यमी र युवाहरुकाबीचमा अनुभव आदानप्रदान र उद्यम द्रुतिकरण प्रतियोगीताका लागि तैयारी स्वरुप अन्तरक्रिया गरिएको हो ।

    दायित्वका प्रतिनिधि कमल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दायित्वका लुम्बिनी प्रदेश सयोंजक सञ्जय पोखरेलले दायित्वले उद्यमशील समाज निर्माणका लागि गरेको परिकल्पना साकार बनाउन सबैको साथ र सहयोग आवश्यकता रहेको भन्दै युवाहरुको भुमिका महत्वपूणर् हुने बताउनुभएको थियो ।

    उहाँले उद्यमीहरुले चरणबद्ध उद्यम अभिमुखिकरण, वित्तिय व्यवस्थापन सीप, बिजनेस क्यानभस, उद्यम चुनौती कला प्रशिक्षण, नेतृत्व विकास तालिम र उद्यम सम्बन्धित प्राविधिक प्रशिक्षण पाएको बताउनुभयो ।

    सोही अवसरमा उत्कृष्ट २० उद्यमी हुन सफल प्रतियोगीहरुले आफुले यस कार्यक्रम मार्फत सफल उद्यम र उद्यमी बन्नका लागि आवश्यक धेरै कुराहरु सिकेको भन्दै ती सीप र तालिमलाई नयाँ उद्यमी र व्यवसायिहरुलाई पनि सल्लाह दिने बताएका थिए ।  

    दायित्वका प्रतिनिधि कमल थापाले उद्यमीहरुलाई अगाडी बढाउनका लागि यो कार्यक्रमले पुलको काम गर्ने भन्दै स्थानीय सरकार,वित्तिय संस्था र सरोकारवालाहरुलाई अभिभावकत्व ग्रहण गराई अनुदानलाई निरुत्साहित गर्ने र उद्यम र उद्यमीहरुलाई सफल बनाउने कार्यक्रमको लक्ष्य रहेको बताउनुभयो ।

    यो कार्यक्रम किसानहरुमा समर्पित रहेको भन्दै उहाँले उद्यमको विकास,नीति अनुसन्धान र सरोकारवालाहरुलाई अपनत्व ग्रहण गराई समाजलाई उद्यमसगं जोड्न कार्यक्रम सफल रहने विश्वास व्यक्त गर्नुभयो । मुसिकोट नगरपालिकाले सक्षम उद्यमी निर्माण गर्ने उद्देश्यले सञ्चालन गरेको प्रतियोगिता उत्कृष्ट १० पछि उत्कृष्ट ५ र विजेता घोषित हुनेछ ।

    उत्कृष्ट ५ मा पर्ने उद्यमीहरुले नेतृत्व विकास तालिम र ५०-५० हजार बिज कोष पाउनेछन भने बिजेता हुने उद्यमीलाई रु १ लाख रुपियाँबाट पुरस्कृत गरिनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology